कुमारी बैंकद्धारा विद्यालयलाई सहयोग

काठमाडौं । कुमारी बैंकले लामाटार, ललितपुरस्थित ज्ञान ज्योति आधारभूत विद्यालयमा विपन्नवर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्यागहरू हस्तान्तरण गरेको छ ।

गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक श्रीमती विष्णु भन्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण समारोहमा महालक्ष्मी नगरपालिक ९ का अध्यक्ष वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो ।

प्रतिक्रिया