अर्थबजार

व्यवसायीक बन्दै ओखर खेती, यस्ता छन, ओखरका फाईदाहरु

सौर्य अनलाइन २०७६ कार्तिक २७ गते १०:१३ मा प्रकाशित

ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ , यस रुखको आयु सरदर २०० बर्ष हुन्छ ।ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिन्छ । यो दुई प्रजातिको हुन्छ , प्राय: नेपालमा हाडे ओखर बनजङ्गलमा पाईन्छ । ओखरको दाते प्रजातिको ओखर चाही राम्रो हुन्छ , यसको बाहिरी भाग नरम हुने हुँदा दातले नै फुटाएर खान सकिन्छ

नेपाल मा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ । ओखरको रुख ठुलो हुने हुँदा यसलाई 7-7 मिटरको फरकमा लगाउनु पर्छ । यो बिरुवा १ रोपनिमा १० – १५ ओटा लगाउन सकिन्छ । यस बिरुवाले ५-६ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ ।

-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।

यस्ता छन,  ओखर खानुका १० फाईदाहरुः

१. मधुमेहका बिरामीहरुका लागि ओखरले धेरै नै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।

२. ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।

३. एक दिनमा ४ – ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।
४. ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ ।

५. यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

६. ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्न सक्छ । ओखर खाँदा मृर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ ।

७. ओखरमा भिटामिन इ हुन्छ जसले छाला सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।

८. ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ ।

९. ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६ जस्ता अत्यावश्यक तत्व पाइन्छ अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो ।

१०. सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।

प्रतिक्रिया