लाल सिंह चड्ढाको भेषमा आमिर खान

मुम्बई । आमिर खान र करीना कपूर स्टारर फिल्म ‘लाल सिंह चड्ढा’ बलिउडको प्रतीक्षित फिल्ममध्ये एक हो । हालै उक्त फिल्मको फस्ट लूक सार्वजनिक गरिएको छ । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जालमा छाएको तस्वीरमा आमिर खान लाल सिंह चड्ढाको भेषमा देखिएका छन् । सरदार लूकमा देखिएका आमिरलाई चिन्न पनि मुस्किल पर्छ । यो फिल्मको चन्डीगढमा शूटिङ चलिरहेको छ । साथै शूटिङ सेटबाट करीना कपूरको फस्ट लूक पनि सार्वजनिक भएको छ । करीना फिल्ममा कुर्ता सुरुवालमा देखिएकी छिन् ।

यसअघि करीना र आमिरले थ्री इडियट्स र तलास मा काम गरिसकेका छन् । दुवै फिल्ममा आमिर र करीनाको केमेष्ट्री दर्शकले रुचाएका थिए । ‘लाल सिंह चड्ढा’ मार्फत आमिर दुई वर्षपछि फिल्म उद्योगमा फर्कनेछन् । उनको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ सन् २०१८ मा रिलिज भएको थियो । अब उनको फिल्म सन् २०२० मा रिलिज हुनेछ ।

प्रतिक्रिया