टी–२० क्रिकेटः एमसीसीले नेपाललाई ११३ रनले हरायो

काठमाडौँ । टी–२० क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग आज भएको खेलमा नेपालको लज्जास्पद हार भएको छ । एमसीसी विरुद्ध त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रोहित पौडेलको कप्तानीमा उत्रिएको नेपाल ११३ रनले हार्यो । नेपाल बलिङ र ब्याटिङ दुबैमा कमजोर देखियो । १९० रनको लक्ष्य पछ्याउने क्रममा १३.१ ओभरमै अलआउट हुँदै मात्र ७६ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि रशिद खानले सर्वाधिक १८ रन जोडे । १६ बलको सामना गरेका उनले १ छक्का र २ चौका हिर्काए । त्यस्तै सन्दीप जोराले १६ रन बनाए भने कुशल भुर्तेलले नेपालको खातामा १४ रन थपे ।

यसअघि पहिलो ब्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८९ रन जोड्यो । ठूलो योगफल तयार गर्ने क्रममा एमसीसीका लागि ओपनर बीली गोडलम्यानले अर्धशतक बनाए । विष्फोटक ब्याटिङ गरेका उनले ३० बलको सामना गर्दै ४ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाए । त्यस्तै अर्का ओपनर मिलर हमोन्डले १३ बलमा ३३ रन जोडे भने एड योङले ४२ रनको योगदान गरे ।

नेपालका लागि रशिद खानले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए । त्यस्तै कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अबिनाश बोहराको नाममा १र१ विकेट रह्यो भने सुशन भारीले १ विकेट लिए ।

प्रतिक्रिया