सुनिलस्मृती गाउँपालिका ३ का वडाध्यक्षको मृत्यु

रोल्पा । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नम्वर ३ मिझिङका वडा अध्यक्षको गएराती निधन भएको छ । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नम्वर ३ मिझिङका वडा अध्यक्ष जेदबहादुर विष्टको घरमै सुतिरहेका बेला निधन भएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले जानकारी गराए ।

गए ‘राती ११ बजेसम्म टिभी हेरेर बस्नुभएको रहेछ’,उनले भने,‘ओछ्यानमै सुतिरहेका बेला एक्कासी निधन भएछ । हृदयघातका कारण निधन भएको अनुमान गरेका छौँ । विस्तृत बुझ्दैछौँ ।’ घर्तीका अनुसार वडा अध्यक्षलाइ अन्य रोगको समस्या थिएन । ६२ वर्षिय विष्ट नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । मृतकको घरमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको वडा नम्वर ४ सुलिचौरका अध्यक्ष गञ्जबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया