नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको उच्च पदमा

काठमाडौं । नेपाली महिला अमेरिकी सेनाको माथिल्लो तहमा पुग्न सफल भएकी छन् । नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर हुने पहिलो नेपाली महिला हुन् । अमेरिकाको डालसमा हुर्किएकी समृद्धि १८ वर्षको उमेरमा हाइस्कुल शिक्षा पूरा गरेपछि अमेरिकी सेनामा भर्ती भएकी थिइन् । अमेरिकी रक्षा मन्त्रालयको मेजर पदमा कार्यरत रिमाल ११ वर्षको उमेरमा परिवारका साथ अमेरिका पुगेकी थिइन् ।

उनलाई अमेरिकी सेनामा भर्ती भएर के गर्ने भन्ने थाहा थिएन । तर पनि हाइस्कुल पढ्दै गर्दा एकपटक अमेरिकी सेनाकी एक महिलासँग उनको भेट भएको थियो । जतिबेला उनलाई म पनि सेनामा काम गर्न सक्छु होला किन नजाने भन्ने लागेको थियो ।

उनले भनेकी छन्, ‘अमेरिकी सेनामा धेरै राम्रो वातावरण पाएपछि त्यहीँ रमाएँ म ।’ जति समय रमाइलो लाग्छ त्यतिसम्म बस्ने उनले योजना सुनाइन् । कामको सिलसिलामा सन् २०११ मा अफगानिस्तानमा त्यहाँका बच्चासँग भेट हुँदा उनी धेरै खुसी भएकी थिइन् ।

११ वर्षको उमेरमा नेपालबाट अमेरिकी पुगेकी समृद्धि त्यसपछि सन् २००५ मा एकपटक आमा र दिदीसँग नेपाल गएकी थिइन्, छोटो समयका लागि । अब आफ्ना छोरीलाई नेपाल घुमाउने उनको योजना छ । तर कहिले जाने थाहा छैन । उनले भनेकी छन्, ‘सेनामा समय निकाल्नचाहिँ धेरै गाह्रो छ ।’

https://youtu.be/wclh7MRXDw0

 

प्रतिक्रिया