गांगुली अध्यक्षमा निर्वाचित

एजेन्सी । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसीआई) को नयाँ अध्यक्ष नियुक्त भएका छन् । मुम्बईमा बसेको बीसीसीआईको बैठकले गांगुली ३९ औँ अध्यक्षका रूपमा आएका हुन् । भारतमा ६५ वर्षपछि बीसीसीआईको अध्यक्ष पदमा पूर्व खेलाडीले आएका हुन् ।

नवनियुक्त अध्यक्ष गांगुलीले सन् २०२० को जुलाईसम्म बीसीसीआईको अध्यक्ष पद सम्हाल्नेछन् । गागुंलीले संघका अफिसर एन गोपालस्वामीको उपस्थितिमा अध्यक्ष पद ग्रहण गरेका हुन् । ‘म पूर्ण सन्तुष्ट छु, किनकि हामीले बीसीसीआई छाड्दैछौँ । सौरभ गांगुली हाम्रो सफल कप्तानमध्ये एक हुन्, ‘सिओएका प्रमुख विनोद रायले भने, ‘अध्यक्ष पद सम्हाल्न उनीजस्तो राम्रो अरू कोही छैन ।’

प्रतिक्रिया