दैलेखमा नेकपाको एकता टुंगियो

दैलेख । दैलेखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगिएको छ । लामो समयको रस्साकस्सीपछि एकता प्रक्रिया टुंगिएकोे हो । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र तथा चार नगरपालिका र सात गाउँपालिका रहेका दैलेखमा पूर्व एमाले र पूर्वमाओवादीको भागवण्डाका आधारमा नेतृत्व टुंगो लगाइएको हो ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा पदाधिकारीहरूको विवरण सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ समन्वय कमिटीको अध्यक्षमा तेजबहादुर चन्द र सचिवमा ललिता रेग्मी चयन भएका छन् । यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ समन्वय कमिटीको अध्यक्षमा कुमारविक्रम शाही र सचिवमा उपेन्द्रकुमार रावत चयन भएका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी निर्वाचन क्षेत्र–१ (क) को अध्यक्षमा कर्णबहादुर खड्का र सचिवमा पद्मा शाही रहेका छन् । प्रदेश (ख) को अध्यक्षमा कर्णबहादुर चन्द र सचिवमा लिलबहादुर रामजाली रहेको नेकपा दैलेखले जनाएको छ । यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी निर्वाचन क्षेत्र–२ (क) को अध्यक्षमा गंगाराम दाहाल र सचिवमा ऐनबहादुर कठायत चयन भएका छन् । प्रदेश (ख) को अध्यक्षमा बखतबहादुर भण्डारी र सचिवमा अमर माझीलाई चयन गरिएको छ ।

नारायण नगरपालिका कमिटीको अध्यक्षमा लोमन शर्मा र सचिवमा नन्दराम खत्रीलाई चयन गरिएको छ । नारायण नगरको इन्चार्जमा ताराकेशर धमला र सहइन्चार्जमा तप्ता थापा छन् । यस्तै दुल्लु नगर कमिटीको अध्यक्षमा हंसबहादुर खड्का र सचिवमा रुद्ध शाही चयन भएका छन् । दुल्लु नगरको इन्चार्जमा तिलकप्रसाद रिजाल र सहइन्चार्जमा टेकबहादुर खड्का रहेका छन् ।

यसैगरी चामुण्डाविन्द्रासैनी नगर कमिटीको अध्यक्षमा रविन्द्र शाही र सचिवमा रामवहादुर कार्की चयन भएका छन् । चामुण्डाविन्द्रसैनी नगर इन्चार्जमा गगनबहादुर खड्का र सह–इन्चार्जमा रंग तामाङ रहेको नेकपा दैलेखले जनाएको छ । आठबिस नगर कमिटीको अध्यक्षमा ओमजंग शाही, सचिवमा सिंहराज शाही तथा इन्चार्जमा लक्ष्मीकमल न्यौपाने र सहइन्चार्जमा पदम माझी छन् ।

भैरबी गाउँपालिका कमिटीको अध्यक्षमा हिक्मत विक, सचिव मणिराम विष्ट तथा इन्चार्ज गोपालकृष्ण रिजाल र सहइन्चार्ज प्रेम बुढा छन् । भगवतीमाई गाउँ कमिटीको अध्यक्षमा मानबहादुर खड्का, सचिवमा गणेश खड्का तथा इन्चार्ज गणेश थापा र सह–इन्चार्जमा कृष्ण शाही छन् ।

डुंगेश्वर गाउँ कमिटीको अध्यक्षमा श्याम राना, सचिवमा मानबहादुर विष्ट तथा इन्चार्जमा कलावती न्यौपाने र सह–इन्चार्जमा दीपक पराजुलीलाई चयन गरिएको नेकपा दैलेखले जनाएको छ । गुराँस गाउँपालिका कमिटीको अध्यक्षमा पशुपति शर्मा, सचिवमा वीरबहादुर शाही तथा इन्चार्ज कृष्ण गिरी र सहइन्चार्ज चित्रबहादुर केसी रहेका छन् ।

महाबु गाउँपालिका कमिटीमा अध्यक्ष नमराज शाही, सचिव मीनबहादुर बुढा इन्चार्ज जंगबहादुर शाही र सहइन्चार्ज जंग बराल रहेका छन् । नौमूले गाउँपालिका कमिटीको अध्यक्षमा पदम गिरी, सचिवमा शशिराम विक तथा इन्चार्ज भीमबहादुर गुरुङ र सहइन्चार्जमा सन्तोष चन्द रहेका छन् । ठाटीकाँध गाउँपालिका कमिटीमा उमेशकुमार रावत अध्यक्ष, लालबहादुर शाही सचिव तथा धीरबहादुर शाही इन्चार्ज र योगिन्द्रविक्रमराज थापा सहइन्चार्ज चयन भएको नेकपा दैलेखले जनाएको छ ।

जिल्लाका ९० वटै वडा कमिटीको अध्यक्ष सचिव र इन्चार्ज टुंगिएको नेकपा दैलेखले जनाएको छ । नेकपा कर्णाली प्रदेश पदाधिकारीको उपस्थितिमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, नगरपालिका, गाउँपालिका पार्टी कमिटी तथा वडापालिकाका पार्टी पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराइएको छ ।

प्रतिक्रिया