रमेश बिजिको शब्दमा रामकृष्ण ढकालको आवाज ‘टिकामाला’

काठमाडौं । गीतकार रमेश बिजिको शब्द सृजनामा नजिकिँदै गरेको शुभ दिपावलीको अवसर पारेर मर्मस्पर्सी आधुनिक गीत ‘टिका माला’ को भिडियो सार्वजनिक भएको छ । संगीतकार बिबी अनुरागिको संगीत र संयोजन रहेको उक्त गीतमा नेपाली आधुनिक क्षेत्रका प्रशिद्ध गायक रामकृष्ण ढकालले कर्णप्रिय आवाज दिएका छन् ।

परदेशिएका दाजुभाइलाई तिहारको बेला स्वदेशमा रहेका दिदीबहिनीको सम्झना र बिदेशमा भोगिएका हरेक कालखण्डलाई गीतको शब्दमा यथार्थ समावेश गरिएको गीतकार बिजिले जिकिर गरे । उक्त गीतको भिडियोमा पछिल्लो समयमा लोकप्रिय मानिएका गायक तथा मोडल प्रकाश सपुत र सरिता लामिछानेले अभिनय गरेका छन् ।

त्यस्तै लोकदोहोरी भिडियोमा रुचाइएका निर्देशक शंकर बिसीले सोही भिडियोमा निर्देशन गरेका छन् । दुर्गा पौडेलले क्यमरेमा कैद गरेको भिडियो नविन घर्ती मगरले सम्पादन गरेका हुन् । बिन्द्यावासिनी म्युजिकको युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।

गीतको भिडियो सार्वजनिक गरिएसँगै दर्शक स्रोताको रोजाईमा पनि परेको छ । सो गीतले बिशेष तिहारको बेला दाजुभाई तथा दिदिबहिनीहरुको सम्बन्धलाई महत्व दिएको गीतकार रमेश बिजिले बताए । उनले यसभन्दा अघि पनि दर्जनौं मौलिक गीत सृजना गरेर बजारमा ल्याएका छन् ।

लोकदोहोरीदेखि आधुनिकसम्म रचना गरेका गीतकार बिजिले आधुनिक क्षेत्रका प्रशिद्ध गायक रामकृष्ण ढकालकै आवाजमा यस ‘टिका माला’ दोस्रो गीतको रुपमा बजारमा ल्याएको जानकारी दिए । यसभन्दा अघि गायक ढकालकै आवाजमा रहेको उनका रचनाको आधुनिक गीत ‘म हुरीमा जलेको देख्छु’ ले निक्कै चर्चा पाएको थियो ।

सोही गीतले ०७५ सालमा उत्कृष्ट आधुनिक गीतको अवार्ड प्राप्त गरेको पनि गीतकार रमेश बिजिले सुनाए । उनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको वर्तमान वरिष्ठ केन्द्रीय उपाध्यक्ष पनि हुन् । अब हुन गइरहेको ७औँ केन्द्रीय महाधिवेशनबाट अध्यक्ष बन्नसमेत गीतकार बिजिको चर्चा चलेको छ । प्रतिष्ठानको केन्द्रीय महाधिवेशन गण्डकी प्रदेशको राजधानी पोखरामा हुने जनाइएको छ ।

प्रतिक्रिया