कर्णाली करिडोरलाई राज्यको हेला

कालिकोट । कर्णाली प्रदेशको मुख्य आर्थिक कर्णाली करिडोर दुवै सरकारको प्रर्थामिकतामै सिमित रहेको छ । चिन सरकार र नेपाल सरकारको मुख्य नेतृत्वविच दुई दुई पटक सम्म करिडोरको विषयमा प्रवेश पाउदा समेत अझै यसको विषयमा अन्यौल थपिएको छ । दुई दिने नेपालको राजकिय भ्रमणका क्रममा शनिवार नेपाल आएका चिनियाँ राष्ट्रपति सि जिनफिङ र नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीसँग नेपालका विकासमा गरिएका सम्झौतामा करिडोरको सम्भाव्यता अध्यान गर्ने मात्र भनिएको छ ।

पटक पटक कर्णालि करिडोरको चासो चिन सरकार र नेपाल सरकारको परेपनि तत्काल निर्माण गरिने बुधामा करिडोर परेको छैन । पछि सम्मको लागि विकासको एक बुँधामा परेको छ । फेरि पनि अध्यनकै क्रममा पारिएको छ । पटक–पटकको चासो मात्र रहनु र २० बुँधामा नपर्नुले कर्णालीका नागरिकमा निराश पैदा भएको नेपाल वार एशोसियशनका सचिव अम्मलराज शाहिले बताए । कर्णालीको विकासमा केन्द्रले पहिलादेखि नै सौतेनि व्याहार त गरेकै थियो, फेरिपनि कर्णाली लाई उपेक्षा गरिएको छ ।

अहिले पनि सि नेपाल आउने भएपछि कर्णालीका नागरिकमा जति उत्साहा थियो, त्यति अहिले छैन । ‘दुई पटकको उच्चस्तरीय भ्रमणमा कर्णाली करिडोरको विषयले प्रवेश पाउनुलाई सकारात्मक मान्न सकिन्छ,’ आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने, ‘यसपटक पुनः कनेक्टिभिटीले प्राथमिकता पाइरहेका बेला समग्र कर्णाली आर्थिक करिडोरको विषय समेटिनुले हाम्रो आवश्यकता र चिनियाँ प्राथमिकतालाई उजागर गर्दछ ।’

यस्तै कर्णाली प्रदेश सभा सदस्य कुर्मराज शाहिले, संयुक्त वक्तव्यमा समेटिनुले पनि कर्णाली आर्थिक करिडोर निर्माणको विषयले पुनः आधिकारिकता पाएको धारणा राखे । ‘दुई सरकारले दुई–दुई पटक महत्व दिनु सामान्य कुरा होइन,’ उनले भने, ‘यही वक्तव्यमा टेकेर भविष्यमा कर्णाली सरकारले संघीय सरकारलाई दवाब दिन सकेमा ढिलै भएपनि हाम्रो प्रयास उपलब्धिमूलक हुनेछ ।’ सडक मात्र निर्माण नगरी समग्र आर्थिक करिडोर निर्माण गर्नलाई अध्ययन गर्ने भनिएकोले यसलाई कर्णाली वासीले सकारात्मक रुपले बुझ्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री को चाइना भ्रमणको बेला पनि जमुना हिल्सा नाका खोल्न चिन सकरात्मक रहेको छ ।’ मुख्यमन्त्री र चिनिया सरकारसँग भएको सहमति अनुसार करिडोरको हवाईमार्फत अध्यन भइसकेको छ । सुर्खेत–हिल्सा चीनको मानसरोवर जाने सबैभन्दा छोटो स्थलमार्ग पनि हुनेछ । त्यसैले यो व्यापारिक मात्र नभई पर्यटकीय मार्ग पनि हुनेछ । हाल निर्माणाधीन कर्णाली करिडोर (कालीकोट, बाजुरा र हुम्ला) सडकमा नेपाली सेना र सडक विभागले काम गरिरहेको छ ।

अहिले सम्म ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको नेपालि सेनाले जनाएको छ । सम्पन्न भइसकेको सडकमा अहिले जिव सञ्चालन भइरहेका छन् भने सडकको ट्रयाक खुल्दा करिडोर छेउछाउमा विभिन्न होटल तथा पसल थापेर धेरै जसो स्थानियको जिविको पार्जन गरिहेका छन् । सडक सञ्चालनमा आउँदा यति धेरै स्थानियले जिविको पार्जन गरिहेका छन् । बास्तवमा करिडोर निर्माण सम्पन्न भई चीनसँग सिधै व्यापार गर्न पाउन सके कर्णालीका नागरिक मात्र होइनन् सुर्खेत, दैलेख, जाजरकोट, कर्णालीका पाँचै जिल्लाहको फाईदा हुनेछ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया