आश्रितासँग विहे गर्दै क्रिकेटर मनिष पाण्डे

एजेन्सी । भारतीय क्रिकेट टिमका सदस्य मनिष पाण्डेले विवाह बन्धनमा बाँधिने तयारीमा छन् । भारतीय टोलीका ३० वर्षीय व्याट्सम्यान साउथ इण्डियन एक्ट्रेससँग चाँडै विवाह गर्ने पक्का भएको छ । पाण्डे विजय हजारे ट्रफीमा कर्नाटक टिमको कप्तानी गरिरहेका छन् । यसअघि पाण्डेले वेष्ट इण्डिज तथा दक्षिण अफ्रिकाबीचको खेल खेलेका थिए ।

लामो समयसम्म रिलेसनमा रहेका पाण्डेले यस वर्षको २ डिसेम्बरमा साउथ इण्डियन एक्ट्रेस आश्रिता सेठ्ठीसँग मुम्बाइमा विवाह गर्ने भएका छन् । २६ वर्षीय आश्रिता सेठ्ठीले इन्द्रजित, एक युवती र एक योद्धा, उद्ध्यम एनएच फोर आदि साउय इण्डियन सिनेमामा काम गरिसकेका छन् ।

प्रतिक्रिया