चिनियां राष्ट्रपति सी को सुरक्षाको मुख्य जिम्मा नेपाली सेनालाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा असोज २५ मा नेपाल भ्रमणमा आउन लागेका चिनियां राष्ट्रपति सी जिङपिङको सुरक्षाको मुख्य जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभाग रहने गरी सुरक्षा प्रबन्ध मिलाईएको छ । सरकारले चिनियां राष्ट्रपतिलाई उच्चस्तरीय सुरक्षा दिने निर्णय सरकारले गरिसकेको छ । त्यसका साथै उनको सुरक्षाका लागी चीनवाट समेत सुरक्षाकर्मी आउनेछन् । सरकारले जुनसुकै मुलुकका सरकार प्रमुखहरु आउंदा पनि उच्चस्तरिय सुरक्षा दिंदै आएको छ ।

नेपाली सेनाले सुरक्षाको जिम्मा पाएसंगै काठमाडौं उपत्यकामा सेना परिचालित भइसकेको छ । नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले भ्रमणको सुरक्षाको कमाण्ड सम्हालेका छन् । उनकै नेतृत्वमा तीनै सुरक्षा निकाय परिचालित भइसकेका छन् । काठमाडौंमा मात्रै पांच हजार सेना परिचालित छन् । रिजर्व फोर्स र स्टेण्ड वाई अवस्थामा पनि सुरक्षाकर्मी राखिनेछ् । चिनियां राष्ट्रपतिको सुरक्षा पहिलो घेरमा सेना,दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी र चौथोमा गुप्तचर विभाग रहेनछ । त्यसैगरी सैनिक हेलिकोप्टरले समेत स्कर्टिङ्ग गर्ने प्रवन्ध मिलाईएको छ ।

प्रतिक्रिया