इमरान खान चीन भ्रमणमा

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा निस्किएका छन् । तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री खानले चीनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्नेछन् । भेटवार्तामा कस्मिर मुद्दाका विषयमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतले कस्मिको छुट्टै राज्यको अधिकार संविधानबाट खारेज गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय साथ खोजिरहेको छ । यसअघि प्रधानमन्त्री खानले कस्मिर मुद्दाको विषय संयुक्त राष्ट्रसंघको महासभामा पनि उठाएका थिए ।

खानको यो भ्रमणमा चीन–पाकिस्तान आर्थिक करिडोर परियोजनाबारे मुख्य छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ राष्ट्रपति सि नेपाल र भारत भ्रमण आउनुअघि पाकिस्तानी प्रधानमन्त्री खान बेइजिङ जानुलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया