फिल्म ‘उजड़ा चमन’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

एजेन्सी । फिल्म ‘उजड़ा चमन’ को ट्रेलर सार्वजनिक भएको छ । ‘प्यार का पंचना’ र ‘सोनू के टीटू की स्वीटी’ फिल्ममा अभिनय गरिसकेका अभिनेता सनी सिंह फिल्म ‘उजड़ा चमन’ ठूलो पर्दामा देखिदैँ छन । यस फिल्ममा सनी सिंह मुख्य अभिनयमा छन् ।

फिल्ममा उनले शिक्षकको भूमिका निर्वाह गरेका छन्। उक्त फिल्ममा सनीको जोडीको रुपमा टीभी एक्ट्रेस ऐश्वर्या सखुजा देखिदैँछिन् ।  उनको यो डेब्यू फिल्म हो । निर्माता अभिषेक पाठकले फिल्मको निर्देशन गरेका छन् । उनले पहिलो पटक यहीँ फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा दर्शकहरुले दमदार कमेडी हेर्न पाउँनेछन्। फिल्म ८ नोबेम्बरबाट रिलिज हुदैँछ ।

 

 

 

प्रतिक्रिया