एउटा बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थाल्यो

काठमाडौं । ह्याकरले नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न बैङ्कको रकम चोरेपछि बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु भएको छ । दसैँ तिहारलाई मध्य नजर गर्दै अन्तर बैङ्क एटीएम खुला भएको हो । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा १८ बैक आबद्ध छन् ।

यी सबै बैङ्कको एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थालेको छ । प्रभु, माछापुच्छ्रे, ग्लोबल आइएमई, सनराइज, एनबी, जनता, सिटिजन, बैङ्क अफ काठमाण्डू, एनआइसी एशिया, प्राइम, सिद्धार्थ लगायतका बैङ्कहरु नेप्समा आबद्ध छन् ।

प्रतिक्रिया