कुकुरको पहिचान गर्न मोबाइल एप्स

काभ्रे । छाडा छोडिएका सामुदायिक कुकुरको सबै गतिविधी अब मोबाइल एप्सबाटै पत्ता लाग्ने भएको छ । नेपाल एनिमल वेलफेयर रिसर्च सेन्टरले सामुदायिक कुकुर नियन्त्रण गर्न सो मोबाईल एप्स आएको बताएको छ । मोबाइलमा सो एप्सले सबैभन्दा पहिला जिल्ला छनोट गर्ने र कुन गाउँपालिका वा नगरपालिका हो रु त्यो पत्ता लाग्ने र प्रत्येक वडाको टोल टोलमा भएको कुकुरको वास्तविक अवस्था पहिचान गर्न मद्धत गरिरहेको बताइएको छ । एप्सबाट स्क्यान गरेपछि सबै विवरण देखाउने भन्दै सेन्टरका अध्यक्ष आनन्द दाहालको भनाईमा एप्सबाट कुकुरको स्वाथ्य अवस्था, कुकुरको बन्ध्याकरण ९९स्पेइङ० भए नभएको , कुकुरको जात, उमेर,गर्भअवस्थामा भए नभएको, लगायतको विवरण एप्सबाट पत्ता लाग्ने बताए ।

उनले सो एप्सबाट कुकुरहरूको नियन्त्रण गर्न थप सहयोग पुग्ने बताएका छन् । पछिल्लो केही समय यता मात्रै उनले सो एप्सबाट बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, र पनौती नगरपालिकाको विभिन्न वडाको सामुदायिक कुकुरहरूको विवरणहरु संकलन गरिरहेको बताएका छन् । उनले सो विवरणकै आधारमा उसलाई ९स्पेइङ० बन्ध्याकरण गर्न सकिने बताए । उनले सेन्टरले हाल सम्म काभ्रेको बनेपामा २५ सय,पनौतीमा २ हजार, पाँचखाल नगरपालिकामा १८ सय, धुलिखेल नगरपालिकामा ५०० र सिन्धुपाल्चोक को हेलम्बुमा २४ सय र अन्य जिल्ला गरी ८ हजार कुकुरहरुको बन्ध्याकरण गरिसकेको बताएका छन् । उनले स्थानिय सरकारले सहयोग गर्ने भनिए पनि आफूहरुलाई सहयोग गर्ने कुरा केवल गफमै सिमित हुने गरेको बताए ।

सेन्टरले बन्धाकरण गर्न आधा रकम स्थानिय सरकारहरूले व्यहोर्नुपर्ने र आधा रकम आफूहरुले नै विभिन्न देशको सहयोग र आफैले पनि व्यहोर्ने बताए । उनले यदी स्थानिय सरकारहरू यस्तो बिषयमा चासो र तादरुकता देखाए मात्रै पनि कुकुरको समस्या ठूलो समस्या नभएको बताए । उनले काभ्रे जिल्लाको विभिन्न नगरपालिकामा कुकुरहरूको समयमा नै बन्धयाकरण नगर्ने हो भने त्यसबाट ठूलो क्षति र चुनौतीको सामना गर्नुपर्ने बताए । बुधबार नै “पशुपन्छीप्रतिको आत्मियता आजको आवश्यकता” मुल नारालाई आत्मसात गर्दै विश्व पशुपन्छी दिवस २०७६ पनि मनाइएको छ । काभ्रे जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बुधवार विहान धुलिखेल नगरपालिकाको सरस्वती बजारबाट प्ले कार्ड सहित र्याली निकाली बजार परिक्रमा गर्दै मनाएको छ ।

कार्यक्रममा पशुपन्छीहरुको भोक प्यास मेटाउन पाउने स्वतन्त्रता, आरामदायि ढंगले जिउन पाउने स्वतन्त्रता, दुख दर्द र रोग लाग्नबाट बन्न पाउने स्पतन्त्रता,आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउने स्वतन्त्रता र डर त्रास र तनाबबाट मुक्त रहन पाउने स्वतन्त्रता पशुहरुलाई रहेको बिषयमा बहस गरिएको थियो । कार्यक्रममा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमूख डा। मोगल प्रसाद शाह, र गाई आनुबासिंक स्रोत केन्द्र जिरीका प्रमुख शंकर शाहले पशु पन्छीको हक अधिकार र नेपालमा बनेको कानुनका बारे कार्यपत्र पेश गरेका थिए । जिल्लाका पत्रकारहरूसँग अन्तक्रिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा पशु विकास अधिकृत राजकुमार हुमागाईले जनप्रतिनिधीको साथ बिना कुनै पनि काम गर्न संभव नभएको बताए ।

उनले अहिले ०७२मा नियुक्त भएका प्राविधिकहरुलाई हटाउने बिषयमा प्रदेश सरकार लगायत विभिन्न निकायले बेलैमा सोचेर अगाडी बढ्नुपर्ने बताए । उनले किसानको प्रत्यक्ष सारथीका रुपमा प्राविधिक नै रहेको टिप्पणी गरे । कार्यक्रममा प्रमूख अतिथि प्रदेश सभा सदस्य चन्द्र लामाले आफूहरुले नीतिगत व्यवस्थामा भएको कमी कमजोरी र निर्माणका बिषयमा सम्बन्धीत निकायमा कुरा राख्ने बताए । कार्यक्रममा १३ स्थानिय सरकारका पशुपन्छी सेवा शाखाका प्रमूखहरुसँग पत्रकारहरूले अन्तक्रिया गरेका थिए ।

प्रतिक्रिया