खसीबोकाको आफूखुसी मूल्य

काभ्रे । दसैं लागेसँगै सर्वसाधारणहरु खसीबोका किन्ने र गाउँबाट बेच्न आउनेहरूका संख्यामा बृद्धिहुन थालेको छ । काभ्रेको बनेपा बजार स्थित दशैँका लागि ल्याइएका खसीबोकाको किनबेच चलिरहेको छ । सरकारले खसीबोकाको मुल्य प्रति किलो ५ सय ५० तोकेको भए पनि व्यपारीहरूले आफूखुसी मुल्य लगाएर किनबेच गरिरहेको उपभोक्ताहरू बताउछन् । अहिले व्यपारीहरुले बनेपा बजारमा खसीबोकाको मुल्य प्रतिकेजी ६ सय देखि ८ सय सम्म लिने गरेको उनीहरुको गुनासो छ । यता आफैले ल्याएको खसी बेच्नुपर्दा किलोको हिसाबले लिने भन्दै गाउँबाट आएका किसानहरूले व्यापारीले बीचमा बसेर आफूहरूलाई चेपुवामा पार्ने गरेको बताउँदै आएका छन् ।

हचुवाको भरमा खसीबोकाको मूल्य राखेका छन् । रङ र त्यसको शारीरिक बनावटको आधारमा हचुवामा एउटै खसीको ३३ हजार रुपियाँ सम्म किनबेच भएको पाइएको छ । जोखेर बेच्नुपर्ने खसीलाई हचुवाको भरमा किन्ने र बेच्दै गर्दै आएपछि थोरै खर्चमा दसैँ मनाउने उपभोत्ताहरू को योजना नै चकनाचुर बनेको उनीहरू बताउछन् ।

यसबर्ष जिल्लाको विकट बस्तीहरुबाट आउने खसीबोका यातायातको असुविधाको कारण ल्याउन ढिला भएको छ भने जिल्ला बाहिर मोटर सहजै चल्ने ठाउँहरूबाट खसीबोका र पशु चौपाय आइसकेको छ । सोही कारण पनि खसीबोकाको मुल्य आकासिएको व्यापारीहरु तर्क गर्छन् । जिल्लाभित्रको विभिन्न ठाउँहरू र जिल्लाबाहिर सिन्धुली, रामेछाप, दोलखा, र सिन्धुपाल्चोक जिल्ला आसपासबाट ल्याइएका खसीबोकाहरुको बनेपामा किनबेच हुने गर्दे आएको छ ।

चौपाय खरिद बिक्रि सेवा संघ बनेपाका अनुसार यसपाली बजारको माग अनुसार पर्याप्त खसीबोका गाउँ गाउँबाट आएका छन् ।, बजारको माग धान्ने कुरामा हामी विश्वस्त छौँ संघका अनुसार मुल्य सरकारले निर्धारण गरेको भए पनि चाढवाडको समयमा खरिद गर्दा नै महंगोमा किन्नुपर्ने बाध्यताकै कारण सरकारले तोकेको मुल्यमा उपभोत्तालाई बिक्रि गर्न सकिने अवस्था नरहेको संघका एक सदस्यले बताए । उपभोक्ताहरुले गुनासो छ दसैँ लागेसँगै जिल्ला प्रसासन कार्यालयले बजार अनुगमनलाई भने चासोका दिएको छैन । सम्बन्धीत निकायले बजार अनुगमन नगर्दा मौकाको फाइदा उठाउन व्यपारीहरू तम्सीरहेका छन् । पाईला पाइलामा उपभोत्तक्त्ता ठगिने क्रम तिब्र रहेको छ ।
यता जिल्ला प्रहरी कार्यालयले भने कसैले ठगि गरे वा केही अपराधिक क्रियाकलाप गरेको पाइए सबै सर्वसाधारणले प्रत्यक्ष प्रहरीलाई खबर गर्न अपिल गरेको छ । यातायात सुरक्षा र चाढवाडको नाममा हुने हरेक गतिविधीलाई नियाल्दै कोहीले अपाच्य क्रियाकलाप गरे तुरुन्त खबर गदिदिन डिएसपी दिपक गिरीले आग्रह गरे ।

प्रतिक्रिया