जन्मदिनमा शैक्षिक सामग्री वितरण

प्युठान । जिल्लाको महेन्द्र माध्यमिक विद्यालय खंलगामा अध्ययनरत अंपागता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

सोमबार सदरमुकाम खंलगास्थित राष्ट्रिय अंपाग सेवा संघको कार्यालयमा अंपाग सेवा संघका जिल्ला उपाध्यक्ष हुनाराम खड्का, महेन्द्र माविका शिक्षक वसन्तलाल शाक्य, विभिन्न व्यक्ति, पत्रकारहरूको उपस्थितिमा अनेरास्ववियू केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज विनोद भण्डारीले आफ्नो ३०औँ जन्मदिनको अवसर पारी अपांगता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

समाजबाट पछाडि पारिएका अंपागता भएका विद्यार्थीलाई केही राहत प्रदान गर्नका लागि शैक्षिक सामग्री वितरण गरिएको भण्डारीले बताए । आफू २९ वर्ष पार गर्दासमेत जन्मदिन नमनाएको स्मरण गर्दै भण्डारीले सुरुवआतीको रूपमा अंपागता विद्यार्थीलाई सहयोग गरेको बताए ।

हामीहरूले शैली परिवर्तन गर्नुपर्छ, खाने, हिड्ने सँगै गर्ने समाजमा केही नयाँ कामका साथ जन्मदिन मनाउनुपर्नेमा उनले जोड दिएका छन् । उनले भने, ‘अनावश्यक खर्चको प्रवृत्ति हटाउनु पर्छ ।’ पहिलो सहयोग स्वरूप करिब १० हजार बराबरको सामग्री वितरण गरेको उनले बताए । साथै उनले आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।

विद्यालयका शिक्षक शाक्यले जन्मदिनको अवसरमा अत्यन्तै उदाहरणीय काम गरेकोमा भण्डारीलाई धन्यवाद दिए । पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई सबैले यस्तै सहयोग गरेमा सबैलाई पहुँचमा ल्याउन सकिनेसमेत उनले बताए ।

महेन्द्र माध्यामिक विद्यालय खंलगामा अध्ययनरत १० जना विभिन्न प्रकृतिका अंपागता भएका विद्यार्थीलाई एक सेट झोलासहित १० वटा कापी, सिसाकलम, इरेजर, कटर लगायतका शैक्षिक सामग्री वितरण गरेका हुन् । अंपागता भएका विद्यार्थीहरूले शैक्षिक सामग्री पाउँदा खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया