सुजनको ‘पिरतीको खेल’

काठमाडौँ । गायक तथा सर्जक सुजन लम्सालको शब्द सृजना र संगीतमा नया कोसेली लोकदोहोरी गीत ‘पिरतीको खेल बरै’ सार्वजनिक भएको छ ।

उक्त गीतमा सबैले रुचाएकी लोकप्रिय गायिका बिष्णु माझी र हर्ख सिंह गुरुङको आवाज छ भने ग्रुपमा रहेर बिमल परियार, यज्ञ बिक, रुबी सिंजाली, प्रेमा राना लगायतले स्वरमा साथ दिएका छन् ।

त्यस्तै मौसम हिमालीको गीतको भिडियोमा निर्देशन रहनुका साथै नबराज उप्रेतीको छायांकन छ । प्रविन भट्ट र मनोक कार्कीले सम्पादन गरेको भिडियोमा निर्मल छेत्री र शृष्टि खड्काको अभिनय रहेको छ ।

दर्जनौं गीतमा शब्द तथा संगीत र आवाजसमेत दिँदै आएका कलाकार सुजन लम्सालले गाउँघर तथा विभिन्न मेला महोत्सवमा गाइने माया प्रेमका मौलिक शब्द यस गीतमा समावेश गरेको बताए ।

उनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका वरिष्ठ उपध्यक्ष पनि हुन् । अब हुने महादिवेशनको निर्वाचनबाट अध्यक्ष हुनेसमेत अनुमान गरिएको छ ।

प्रतिक्रिया