करणी आरोपमा इन्जिनियर पक्राउ

बैतडी । जिल्लामा एक किशोरीलाइ जबरजस्ती करणी गरेको आरोपमा एक जना इन्जिनियर पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मेलौली नगरपालिका–२ कर्पतका स्थानीय एवं नगरपालिकाका इन्जिनियर रोशन चन्द मंगलबार पक्राउ परेका छन् ।

किशोरीलाई डराई धम्काई जबरस्ती करणी गरेको आफन्तले जनाएका छन् । आफन्तले किशोरीलाई जबरजस्ती करणी गरेको भनी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् । ‘मुद्दा दर्ता भइसक्यो अनुसन्धान चलिरहेको छ’, न्यौपानेले भने ।

ईन्जीनियर चन्द डडेल्धुरा प्रहरी हिरासतमा छन् । घटना डडेल्धुरा घटेको हुँदा डडेल्धुरा पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया