चितवन मेडिकल कलेजले निशुल्क डेंगुको परिक्षण गर्ने

चितवन । महामारीको रुप लिदै गरेको डेंगुको परिक्षण चितवन मेडिकल कलेजले निशुल्क गर्ने भएको छ । भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधमा ध्यान राख्दै चितवन मेडिकल कलेजले भोलीदेखि निशुल्क रुपमा डेगु परिक्षण गर्ने भएको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा जानकारी गराए ।

कलेजको समाजिक उत्तरदायित्व अन्र्तगत विपन्न तथा गरिबका लागि भन्दै सरकारको डेगु नियन्त्रण अभियानमा सहयोग पुराउन १ हजार जनाको निशुल्क डेगु परिक्षण गर्ने कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा हरिश्चन्द्र न्यौपानेले जानकारी दिए ।

‘हामीले मेडिकल सिटि चितवनमा विगतदेखि नै हाम्रो सामाजिक अभियान अन्र्तगत विविध कार्यक्रम गर्दै आएको छौँ,’ उनले भने, ‘अहिले देशैभर डेगुको प्रकोप छ, यहि अवस्थामा स्थानिय सरकारलाई समेत सहयोग पुराउने लक्ष्य यो अभियान थालेको हौँ ।’

कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार भोली बिहिबार बिहान ८ बजेदेखि एक औपचारिक कार्यक्रमका विच डेगु परिक्षण निशुल्क गर्ने जानकारी गराए ।

प्रतिक्रिया