‘मर्डर–२’ का अभिनेता पक्राउ

मुम्बई । भारतीय चलचित्र जगतका ९० को दशकको चलचित्रमार्फत देखापरेका अभिनेता प्रशान्त नारायणन र उनकी श्रीमती शोना जेल चलान भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार नारायणनलाई केरला प्रहरीले पक्राउ गरेको हो । उनलाई थोमस पनिकरले धोका दिएको आरोपमा मुद्दा हालेका थिए । सोही आधारमा नारायणनलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूलाई मुम्बईबाट पक्राउ गरेर केरल लगेको छ । उनीहरूलाई २० सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राखिनेछ ।

उनले सुरुमा चलचित्र ‘छल’ मा मुख्य भूमिका र ‘मर्डर–२’ मा खलपात्रको भूमिकामा आफू सशक्तरूपमा प्रस्तुत गरेका थिए । हालसम्म उनले ५० भन्दा बढी बलिउड चलचित्रमा काम गरिसकेका छन् । तर, पछिल्लो समय उनी चलचित्रमा खासै देखिएका थिएनन् । थोमस मलयालम चलचित्र निर्माता हुन् । सन् २०१७ मा नारायणनले उनको चलचित्रमा समेत काम गरेका थिए । उक्त चलचित्रमा काम गरेपछि दुवै निकट भएका थिए ।

थोमसलाई नारायणनले आफ्नी श्रीमतीका बाबुको चलचित्र मुम्बईमा रहेको र सो कम्पनीमार्फत निर्देशक बनाउने प्रलोभन दिए । त्यसपछि थोमसले १ करोड २० लाख रुपैयाँ लगानी गरे । केही समयपछि थोमसलाई थाहा भयो कि उनीसँग धोका भएको हो । आफूलाई नारायणनले धोका दिएपछि थोमसले मुद्दा हालेका थिए ।

प्रतिक्रिया