खोजखबर

दोलखामा विज्ञान शिक्षकको अभाव

सौर्य अनलाइन २०७६ भदौ २३ गते १८:५५ मा प्रकाशित

दोलखा । जिल्लाका अधिकांश विद्यालयमा विज्ञान शिक्षकको अभावका कारण पठनपाठनमा असर परेको छ । आइएससी, बिएससी र एमएससी पढेका धेरै विद्यार्थी भए पनि अध्यापन अनुमति पत्र नभएका कारण दरबन्दी खाली भएका विद्यालयमा विज्ञान शिक्षकको पदपूर्ति हुन नसक्दा पठनपाठनमा असर परेको हो ।

जिल्लाका १० विद्यालयमा लामो समयसम्म विज्ञान शिक्षकको दरबन्दी नभएका कारण पठनपाठनमा अप्ठ्यारो परेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शंकरबाबु श्रेष्ठले बताए ।

एकाइका अनुसार हलेश्वर मावि सुरी, गर्जाङढुङा मावि मालि, नीलकण्ठेश्वर मावि जुङ्गु, जनज्योति मावि पुतलीकाठ, कालिका मावि फस्कु, सर्के मावि खरिढुङ्गा, जनप्रभात मावि झुले, भङ्गेरी मावि शैलुङ, कल्लाबारी मावि दूधपोखरी र कालिका मावि हावामा विज्ञान शिक्षकको दरबन्दी रिक्त छ ।

प्रतिक्रिया