सर्वाधिक कमाइको सूचीमा ‘रक’ पहिलो, अक्षय चौथो

न्युयोर्क । विश्वकै सर्वाधिक कमाउने अभिनेताको सूचीमा बलिउड अभिनेता अक्षयकुमार चौथो नम्बर परेका छन् । विश्व चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको सूचीमा उनी एकमात्र बलिउड अभिनेताको नाम समाविष्ट छ ।

फोब्सका अनुसार अक्षयकुमार ६ दशमलव ५ करोड डलरसहित सूचीको चौथो नम्बरमा परेका छन् । पत्रिकाको पहिलो नम्बरमा भने हलिउड स्टार ड्वेन जोन्सन ‘रक’ रहन सफल भएका छन् । पत्रिकाका अनुसार रकको कमाइ ८ दशमलव ९४ करोड डलर रहेको छ । उनले यो पैसा सन् २०१८ को जुन १ देखि सन् २०१९ को जुन १ सम्म कमाएका हुन् । यसैगरी सूचीको दोस्रो र तेस्रो नम्बरमा क्रमशः ७ दशमलव ६४ करोड डलरसहित क्रिस हेम्सवर्थ तथा ६ दशमलव ६ करोड डलरसहित रोबर्ड डाउनी पर्न सफल भएका छन् ।

त्यस्तै, फोब्र्सले निकालेको १० सर्वाधिक कमाइ गर्ने अभिनेतामा ड्वेन जोनसन ‘रक’ (८ दशमलव ९४ करोड), क्रिस हेम्सवर्थ (७ दशमलव ६४ करोड), रोबर्ट डाउनी जुनियर (६ दशमलव ६ करोड), अक्षय कुमार (६ दशमलव ५ करोड), ज्याकी च्यान (५ दशमलव ८ करोड), ब्रेड्ली कुपर (५ दशमलव ७ करोड), एडम स्यान्डलर (५ दशमलव ७ करोड), क्रिस इवांस (४ दशमलव ३५ करोड), पल रूड (४ दशमलव १ करोड) र विल स्मिथ (३ दशमलव ५ करोड) रहेका छन् ।

प्रतिक्रिया