एम्बुलेन्स किन्दै स्थानीय तह

कालिकोट । स्वास्थ्य सेवा नपाएका कालिकोटका स्थानियवासी अब एम्बुलेन्स चढ्ने भएका छन् । विगतदेखि नै विकट मानिँदै आएको कालिकोटका स्थानीयलाई स्वास्थ्य क्षेत्रमा सहज गर्नका लागि स्थानीयतहले एम्बुलेन्स खरिद गर्न लागेका हुन् । कालिकोटका स्थानीयतहले धमाधम बिरामी बोक्ने एम्बुलेन्स खरिद गरेका छन् । यहाँका नौ वटा स्थानीय तहमध्य सडकको पहँज पुगेपछि अधिकांश स्थानीयतहले बिरामी बोक्ने एम्बुलेन्स खरिद गरेका हुन् ।

केही समय पहिले जिल्लाको तिलागुफा नगरपालिकाले नगरपालिकामा बिरामी बोक्ने एम्बुलेन्स खरिद गरेको एक हप्ता नहँुदै पचालझरना गाउँपालिकाले पनि एम्बुलेन्स खरिद गरी मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले, जनप्रतिनिधिका लागि गाडी किन्ने रकमले बिरामी बोक्ने एम्बुलेन्स किन्नु अरू स्थानीयतहका जनप्रतिनिधिका लागि पनि चुनौतीको विषय भएको बताए । जिल्लामा एम्बुलेन्सविहीन भइरहेको वेला स्थानीय सरकारले धमाधम एम्बुलेन्स सञ्चालनमा ल्याएको धन्यवादसमेत् दिए ।

गाउँपालिकाले, गाउँपालिकाका जनप्रतिनिधिको गाडी किन्ने पैसाले नागरिकको सेवामा बिरामी बोक्ने एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष खडकराज सेजुवालले बताए । उनले भने, ‘आपूmले चुनावका वेला गरेका वाचा कबुलहरू अबको तीन वर्षमा पूरा गर्ने गरी कामको सुरुआत गरेको बताए । गाउँपालिकाका अधिकांश वडामा सडक पुगिसकेकाले जनताका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताए । आपूm सुविधा भोगी नभएर जनताका माझमा गरेका वाचा पूरा गर्ने बताए । उनले भने, ‘केही स्थानीयतहका जनप्रतिनिधिले गाडी चढेका छन् । सुविधाभोगी भए भनेर सर्वत्र आलोचना भइरहेको वेला आपूmहरूले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताए ।

यस्तै नगरपालिकाका नौ वटै वडाहरूमा सडकको पहँुज पुगेपछि रास्कोट नगरपालिकाले पनि एम्बुलेन्स खरिद गरी एक हप्ताभित्रै सञ्चालनमा ल्याउने नगरप्रमुख काशिचन्द बरालले जानकारी दिए । उनले भने, ‘हामीले पहिलो वर्षमै नगर बसको सञ्चालन गर्ने भन्ने निर्णय गरेका थियौँ । नगरव बस त्यति प्रभावकारी नहुने देखिएपछि नगरपालिकाले बिरामी बोक्ने एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेका हौँ ।
यस्तै जिल्लाको पलाता गाँउपालिका र शान्नि त्रिवेणी गाउँपालिकाले पनि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउन लागेका छन् भने बाँकी स्थानीयतहले खरिदको तयारी गरिरहेको जनाएका छन् ।

सडकै नपुगेको ठाउँमा गाडी
यहाँका स्थानीयतहले एम्बुलेन्स खरिद गर्ने होडबाजी चलिरहेको वेला नरहरिनाथ गाउँपालिकाले जनप्रतिनिधिका लागि गाडी खरिद गरेको छ । सडककै नभएको ठाउँमा जनप्रतिनिधिले गाडी किन्दा स्थानीयतहले सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् । गाउँपालिकाको कुनै पनि वडामा सडकले छोएको छैन, जनप्रतिनिधिका लागि गाडी आवश्यक नभएको नगरहरिनाथ गाँउपालिका–३ का समाजसेवि वीरेन्द्रबहादुर बुढाले बताए । उनले भने, गाउँपालिकामा सडक छैन ।

काठामाडांै र सुर्खेतमा गाडी गुडाउनका लागि गाडी किनेको उनले आरोप लगाए ।
गाउँपालिकामा सडकको पँहुज नहुँदा लगातार दुई सुत्केरी आमाको बाटोमै मृत्यु भएको छ । सडक पहँुज भएको भए सुत्केरीको ज्यान जोगिने सक्नै थियो । बाटो पुगेका ठाउँमा अन्य स्थानीयतहले गाडी किनेका छन् । सामान्य बिरामी भएमा पाँच घण्टाको पैदलबाटो हिँडेर सदरमुकाम मान्म आउनुपर्ने वाध्यता रहेको वेला, हामो गाउँपालिकाले जनप्रतिनिधिका लागि महँगो गाडी किनेको छ ।

यतिवेला कालिकोटका स्थानीयतहले कसरी चर्चामा आउन सकिन्छ भनी अनेक थोकका कार्यक्रम पनि यसै वर्षबाट ल्याएका छन् । भर्खरै सम्पन्न नगर तथा गाउँसभाले कसैले एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका छन् भने कसैले २० वर्ष पुगी विवाह गरेमा प्रोत्साहन भत्ता दिने निर्णय गरेका छन् ।

प्रतिक्रिया