खोजखबर

श्रीमान्को कुटाइबाट मृत्यु

सौर्य अनलाइन २०७६ भदौ ३ गते १८:३८ मा प्रकाशित

गाईघाट । उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मञ्जु पुलामी मगरको मृत्यु भएको छ । गए राति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई कुटपिट गरेका थिए ।

सख्त घाइते मञ्जुको उपचारको क्रममा आज सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए । तीर्थलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय