रंग‍-विविध

अक्षय कुमारको ‘मिसन मंगल’ ले तोड्यो ‘कबिर सिंह’ को रेकर्ड

सौर्य अनलाइन २०७६ भदौ ३ गते ११:२० मा प्रकाशित

एजेन्सी । अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सय करोडको क्लबमा समावेश हुन केही कदममात्रै टाढा छ । आइतबारसम्म यो फिल्मले ९६।५० करोड कमाई गरेको थियो ।

यतिमात्र होइन यो फिल्मले ‘कबिर सिंह’ को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको उपाधि पनि आफ्नो नाममा पारेको छ ।

बक्सअफिसइन्डिया डट कमका अनुसार शाहिद कपुरको ‘कबिर सिंह’ ले रिलिजको पहिलो आइतबार २७।२५ करोड भारुको कमाई गरेको थियो भने मिशन मंगलले यो रेकर्डलाई केही अन्तरले पछार्दै करिब २७.५० करोड भारुको कमाई गर्यो ।

अक्षयको फिल्मले मुम्बई, पुणे, दिल्ली, बेंगलुरु र कोलकातामा राम्रो व्यापार गर्यो । अन्य शहरमा कबिर सिंहको तुलनामा कमजोर नै रह्यो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय