ओपो र बार्सिलोनाबीच पार्टनरशीप नविकरण

काठमाडौं । वैश्विकरुपमै अग्रणाी स्मार्टफोन ब्राण्ड ओपोले एफसी बार्सिलोनासंग तीन बर्षिय पार्टनरशिप नविकरण गरेको छ । यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १० एक्स जुमसिरिज पनि बार्सिलोनामा सार्वजनिक गरेको छ । यो नविकरण संगै चिनिया र यूरोपियली फुटबल क्लबबीच भएका सहकार्य मध्यकै सर्वाधिक लामोचार बर्षिय सफल गठबन्धनलाई पूनःनिरन्तरता मिलेको छ ।

नविकरण गरिएको पार्टनरशिपमा ईन–स्टेडियम सिग्नेज, ट्रेनिङ क्याम्प्स, फ्यानहरुका लागि वर्कशप, रचनात्मक अनलाइन र अफलाइन फ्यान ईन्गेजमेन्ट क्रियाकलाप लगायत समाविष्ट छन् । अध्यावधिक गरिएको यो सहकार्यले ओपो–एफसी बार्सिलोनाको कथामा नयाँ अध्यायको थालनीगर्नेछ ।


‘पार्टनरशिपमा समाविष्ट यी कुराहरुले ‘बारका’ फ्यान्सलाई क्लब र ओपोका उत्पादनको नजिक ल्याउँदै समुदायलाई अझ सुदृद्ध बनाउन प्रेरणा प्रदान गर्ने तथा प्याशन, रचनात्मकता, नवप्रबर्तन र उत्कृष्टता प्रतिको हाम्रोमान्यतामा अडिग रहन समेत सघाव पुग्ने हाम्रोविश्वास छ’,ओपोका ग्लोबल मार्केटिङ डिरेक्टर डेरेक सनले भने ।

विश्वकै पाँचौ ठूलो स्मार्टफोन ब्राण्डका रुपमाओपो अहिले वैश्विकबजारका ४० भन्दा बढी बजारमा सञ्चालित छ । कम्पनीको अभिन्नओभरसिज ब्राण्डिङ रणनीतिक तत्वका रुपमा रहेको यो सहकार्य मार्फत ओपो अहिले विश्वभरका २० करोड भन्दा बढी बारका फ्यान्ससम्मपहुँचबनाउन सफलरहँदै आएको छ ।

प्रतिक्रिया