सप्तरीमा जीप दुर्घटना, एक पत्रकारको मृत्यु, चार घाइते

काठमाडौँ । रुपन्देहीको तित्तलोतमाबाट गएको जीप सप्तरीको कञ्चनपुरमा दुर्घटना हुँदा रेडियो नेपालका पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । सोही घटनामा अन्य चार जना घाइते भएका छन् । शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर नगरपालिका- ११  मा बा १६ च २२३५ नम्बरको जीप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– ३ का ३५ वर्षीय रेडियो नेपाल पत्रकार अधिकारी रहेको सप्तरी जिल्लाका प्रहरी कार्यलयले जनाएको छ । त्यस्तै घाइतेहरुमा जीप चालक अशोक भण्डारी, वडाध्यक्षद्वय सोहन चौधरी, तामानाथा पाण्डे र व्यापार संघका अध्यक्ष जेपी कंडेल रहेका छन् ।

घाइते मध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पत्रकार अधिकारीसहितको टोली पूर्वतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।

प्रतिक्रिया