एलबिइएफको दीक्षान्त समारोह

काठमाडौं । एसिया प्यासिफिक विश्वविद्यालयसँग सम्बद्घ तालिएको लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एलबिइएफ) क्याम्पसले पहिलो पटक दीक्षान्त समारोह आयोजना गरेको छ । दतुक परमजित सिंह, एपिआइआइटिका सह–संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक तथा एसिया प्यासिफिक युनिभर्सिटी (एपियु)का उप–प्रमुख प्रदीप सिंहले उद्घाटन गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्य रहेको थियो । १९९८ मा स्थपना भई २१ वर्ष भएको संस्था नेपालको पहिलो आइटी कलेज हो । यस संस्थामा आठ हजारभन्दा बढी विद्यार्थी आबद्घ भएर आफ्नो उच्च शिक्षा हासिल गरिसकेका छन् ।

प्रतिक्रिया