बुटवलमा गाईजात्रा

रुपन्देही । बुटवल जेसिजको संयोजनमा पहिलोपटक गाईजात्रा कार्यक्रम हुने भएको छ । जेसिजले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी ४ भदौमा भ्रष्टाचार, अनियमितताविरुद्ध गाईजात्रा गर्न लागेको जनाएको हो ।

बुटवल जेसिजका अध्यक्ष नरदेव न्यौपानेले नेताहरूलाई जवाफदेही बनाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको बताए । ब्रान्ड अर्थ काठमाडौंले पहिलोपटक आयोजना गरेको प्रदेश–प्रदेशमा गाईजात्राअन्तर्गत बुटवल जेसिजले गाईजात्रा गर्न लागेको न्यौपानेले जानकारी दिए ।

गाईजात्रा कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, सुरेन्द्र के.सी (मुलाको साग), रवि डंगोल, शिवशंकर रिजाल, (जोगिन्दर), यमन श्रेष्ठ, पूर्ण थापा, सुवोध गौतम, सन्ध्या बुढा, शैलेन्द्र सिंखडा, खुमन कार्की, रुविना अधिकारी लगायतको प्रस्तुति हुनेछ । कार्यक्रममा पूर्वअध्यक्ष अनुपमान सैजु, गोपाल अधिकारी, अर्जुन ज्ञवालीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री तथा उच्च ओहोदाका व्यक्तिको उपस्थिति हुने आयोजकको भनाइ छ । भदौ ४ गते साँझ ५ बजेदेखि हुने कार्यक्रममा तिलोत्तमा योगिकुटीमा रहेको होटल पौवामा हुनेछ ।

प्रतिक्रिया