‘जनताले अनुभूति हुने गरी काम गर्नूस्’

विराटनगर । प्रदेश–१ का मुुख्यमंत्री शेरधन राईले कागजमा मात्र कामको समिक्षा तथा प्रतिवेदन देखाउने भन्दा पनि जनताले अनुुभूति गर्नेगरी काम गर्नुुपर्ने वेला आएको बताएका छन् ।

विराटनगरस्थित मुुख्य मन्त्रालयमा मंगलबार आयोजित प्रदेश–१ सरकारको मन्त्रालयको समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुुख्यमन्त्री राईले प्रदेश सरकारले गरेको कामलाई नागरिकले नयाँ आँखाबाट हेरिरहेकाले जनताले देखिनेगरी काम गरेर देखाउनुपर्ने बताए । प्रदेशमा के कति काम भए र कस्तो काम भए त्यसको अनुुगमन हुुने भएकाले कर्मचारीहरूले जावाफदेहि भएर काम गर्नुुपर्नेमा उनले जोड दिए ।

प्रदेशमा भइरहेका र सम्पन्न भएका काम सन्तोषजनक वा त्रुुटिपूर्ण भए नभएको विषयमा फिल्डमा गएर जाँच हुुने उनको भनाइ थियो । मुुख्यमन्त्री राईले विगतका वर्षमा जे जसरी काम भए पनि अब नयाँ ढंगबाट कामको मूल्याकंन र त्यसका प्रभावकारीतामा ध्यान दिनुु जरुरी रहेको बताए ।

उनले संघीयता कार्यान्वयन प्रदेश सरकारको काममा भरपर्ने भन्दै अब कुुनै पनि बहानमा कामबाट कोही पनि उम्कन नपाउने बताए । आगामी जेठ मसान्तसम्ममा चालुु आवको बजेट पूर्णरूपले कार्यान्वयन गर्न एक्सन प्लान बनाएर सरकार अघि बढ्ने उनले बताए । सुुरुमा काम नगर्ने र असार लागेपछि झरीमा विकासे बजेट खर्च गरेर प्रगति देखाउने प्रवृत्ति प्रदेश–१ मा अब नचल्ने उनले बताए ।

आआफ्नो मन्त्रालयका सचिवहरूले मत्रालयले गत आवमा भएको कामको समीक्षा र चालुु आवमा गरिन लागेको विकास निर्माण बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया