दोहोरो गोली हानाहानमा तालिबानी १२ लडाकू र ४ प्रहरी मारिए

एजेन्सी । अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार झडप भएको पुष्टि गरेका छन् ।

फराह प्रान्त प्रान्तीय राजधानी फराह शहरको बाहिरी इलाकामा रहेको दराबाद र हैदर घोली इलाकामा रहेका प्रहरी चौकीहरुमा आइतबार राती विद्रोही लडाकूहरुको आक्रमणपछि प्रहरीले गरेको कारबाहीमा परी १२ लडाकु मारिनुका साथै चार प्रहरीले पनि ज्यान गुमाएका छन् ।

यस झडपमा अन्य नौ लडाकू र तीन सुरक्षाकर्मी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । तालिबान लडाकू समूहले भने यस झडपको विषयमा कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया