प्रजातन्त्रमाथि प्रहार गरिरहे आन्दोलनमा उत्रनेछौँः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

वीपी जयन्तिको अवसरमा सहीद स्मृति प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे कांग्रेस पार्टी सडक आन्दोलनमा उत्रन बाध्य हुने बताए ।

उनले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध गर्ने पार्टीको अडान भएको जानकारीसमेत दिए ।

सोही कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपी कोइरालाले नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गराए भने कांग्रेसकै उपसभापति विमलेन्द्र निधिले पनि विपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको दाबी गरे ।

प्रतिक्रिया