मर्कियाे रिताको कम्मर

काठमाडौँ । तिजका गीतले बजार तातेको बेला अझै हरितालिका तिज नजिकिँदै गरेको छेको पारेर गायिका रिता केसीले पनि आफ्नो कोसेली गीत ‘छड्के नजर’ ल्याएकी छन् । उनको एकल आवाजमा रहेको गीत यशोदा थापाको शब्द रचना छ भने राजन कार्कीको संगीत तथा कमल सौरागले एरेन्ज गरेका छन् ।

गायिका केसीले सोही गीतको भिडियोमा रोमान्टिक नृत्य प्रस्तुतिका साथ अभिनय गरेकी छन् भने मनोज ओलीले उनलाई साथ दिएका छन् । प्रकाश राउतले निर्देशन गरेको उक्त भिडियो रामकुमार केसीको छायांकन छ । त्यस्तै टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोलाई गायिका केसीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रत्यक बर्षका तिजमा कोसेली स्वरूप ल्याइराख्ने गायिका रिताले यसपटक पनि नजिकिँदै गरेको तिजलाई छेको पारेर मौलिक तिज गीत ल्याएको जिकिर गरिन् । हरेक युवायुवतीको प्रेम प्रसङ्ग गीतको शब्दमा समावेश गरिएको उनले बताइन् ।

प्रतिक्रिया