डा. उपाध्याय सम्मानित

काठमाडौं । नेपाली सांगीतिक तथा साहित्यिक क्षेत्रमा योगदान पु¥याएको भन्दै गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायलाई सम्मान गरिएको छ । मिलाप मासिकले राजधानीमा आयोजना गरेको कार्यक्रममा डा. उपाध्यायलाई ‘मिलाप सम्मान’ प्रदान गरिएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, मिलापका प्रकाशक तथा सम्पादक कृष्ण भुसाल र कार्यकारी सम्पादक गीता अधिकारीले उपाध्यायलाई सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

डा. उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’जस्ता गीति एल्बम बजारमा आएका छन् । त्यस्तै, उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’जस्ता उपन्यास प्रकाशित छन् ।

केही दिनअघि गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सवको सन्दर्भ पारेर डा.उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया