टिठ लाग्दो दृश्यमा शिल्पा पाेखरेल

काठमाडौँ । भर्खर आफ्ना श्रीमान् छविराज ओझासँग पारिवारिक झगडा भएलगत्तै नायिका शिल्पा पोखरेल छुट्टै मोडमा आफ्नो कदम अघि बढाएकी छन् । आफु पीडित भएपछि टिठ लाग्दो अवस्थामा उनि देखिएकी छन् ।

त्योसँगै यस्तै केही मर्मस्पर्सी गीतका भिडियोमासमेत शिल्पाले अभिनय गर्न थालेकी छन् । उनि गायिका अञ्जु पन्तको आवाजमा रहेको गीत ‘थाहा छैन’ को भिडियोमा टिठ लाग्दो अवस्थामा देखिएकी हुन् । शिल्पलाई नविन बुढाथोकीले अभिनयमा साथ दिएका छन् ।

सन्तोष जंग थापाको शब्द रहेको उक्त गीत असिक राइले संगीत भरेका छन् भने केबी भण्डारीले एरेन्ज गरेका छन् । असिक राइले नै निर्देशन गरेको गीतको भिडियो रामकृष्ण चौलागाईंको छायांकन छ ।

बिकाश धमालाले भिडियो सम्पादन गरेका छन् । नायिका शिल्पा दुर्घटनामा घाइते भएर अपाङ्ग भइ ह्वील्चेरको सहरमा हिँडेको भिडियोमा दृश्य देखिएको छ भने नविन बुढाथोकीले उनलाई सहारा दिएका छन् ।

प्रतिक्रिया