दिपकको ‘चिन मायाले’

काठमाडौँ । सम्झना डिजिटलको प्रस्तुतिमा तिज गीत ‘चिन मायाले’ बजारमा आएको छ । खुमन अधिकारीको शब्द संगीतमा तयार पारिएको उक्त गीतमा गायिका जुना श्रीस मगर गायक दिपक गरौजा मगरको संयुक्त आवाज रहेको छ ।

बिनोद बाजुरालिले एरेन्ज गरेको गीत मलाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । सोही गीतको भिडियो गायिका सम्झना डिजिटलको युट्युब च्यानलबाट बजारमा आएको छ ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन् भने बिष्णु शर्माको सम्पादन छ । त्यस्तै गायक तथा मोडल प्रकाश सपुत र प्रतिमा थापाको उक्त भिडियोमा अभिनय छ । माया प्रेमका बिषयलाई गीतमार्फत प्रकाशन गरिएको गीत निर्माण पक्षले जनाएका छन् ।

प्रतिक्रिया