रोहित र बुमराह शीर्ष स्थानमा

एजेन्सी, लन्डन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)ले एकदिवसीय खेलाडीको वरीयताक्रम सार्वजनिक गरेको छ । विश्वकपमा गरेको प्रदर्शनका आधारमा सार्वजनिक गरिएको वरीयताक्रममा इंग्ल्यान्ड र न्यूजिल्यान्डका खेलाडीले फड्को मारेका छन् । ब्याटिङतर्फ भारतका कप्तान विराट कोहली शीर्ष स्थानमा छन् भने रोहित शर्मा दोस्रो स्थानमा छन् । पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् ।

दक्षिण अफ्रिकाका फाफ डु प्लेसी पाँचौँबाट चौथो स्थानमा उक्लिएका छन् । उनले न्यूजिल्यान्डका रोस टेलरलाई पाँचौँ स्थानमा धकेलेका थिए । फाइनलमा उत्कृष्ट प्रदर्शन गरेर प्लेयर अफ् द टुर्नामेन्ट बनेका न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले अहिलेसम्मकै सर्वाधिक अंक बनाएका छन् । उनले ७९६ अंक बनाएका छन् । अष्ट्रेलियाका डेविड वार्नर सातौँ स्थानमा छन् ।

इंग्ल्यान्डका जो रुट आठौँ, दक्षिण अफ्रिकाका क्विन्टन डि कक नवौँ र इंग्ल्यान्डका ज्यासन रोय १०औँ स्थानमा छन् । बलिङतर्फ भारतका जस्प्रित बुमराह शीर्ष स्थानमा रहँदा न्यूजिल्यान्डका ट्रेन्ट बोल्ट दोस्रोमा, दक्षिण अफ्रिकाका कागिसो रबाडा तेस्रो, अष्ट्रेलियाका प्याट कमिन्स चौथोमा र दक्षिण अफ्रिकाका इमरान ताहिर पाँचौं स्थानमा छन् । अफगानिस्तानका मुजीव जद्रान छैटौँ, इंग्ल्यान्डका क्रिश वक्स सातौं, अष्ट्रेलियाका मिचेल स्टार्क आठौं, अफगानिस्तानका रासिद खान नवौं र न्यूजिल्यान्डका म्याट हेनरी १०औँ स्थानमा छन् ।

अलराउनडरमा बंगलादेशक सकिब अल हसन शीर्ष स्थानमा छन् भने इंग्ल्यान्डका बेन स्टोक्स दोस्रोमा छन् । अफगानिस्तानका मोहम्मद नावी तेस्रो स्थानमा छन् भने पाकिस्तानका इमान वासिम चौथो र अफगानिस्तानका रासिद खान पाँचौँ स्थानमा छन् । इंग्ल्यान्डका क्रिश वक्स छैटौँ, वेष्ट इन्डिजका ज्यासन होल्डर सातौं, न्यूजिल्यान्डका मिचेल सान्टनर आठौं, दक्षिण अफ्रिकाका एन्डिल फेलुकवायो नवौँ र भारतका हार्दिक पान्ड्या र पाकिस्तानका मोहम्मद हफिज संयुक्त रूपमा १०औं स्थानमा छन् ।

प्रतिक्रिया