एजेन्सी, फ्रान्स । विश्व नम्बर एक तथा सर्बियन स्टार नोभाक जोकोभिकले लगातार दोस्रोपटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । लन्डनमा आइतबार भएको फाइनलमा रोजर फेडेररलाई ऐतिहासिक टाइब्रेकमा पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिकले फेडेररलाई ७–६ (७–५), १–६(७–६) ७(४) र १३–१२ (७–३) को सेटमा पराजित गरे । उपाधि जित्न जोकोभिकले ४ घण्टा ५७ मिनेटको समय लगाए । र, यो विम्बल्डन इतिहासकै सर्वाधिक लामो फाइनल हो । योसँगै जोकोभिकले करियरको १६औं ग्रान्डस्लाम उपाधि जित्न सफल भएका छन् । जोकोभिक सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने तेस्रो खेलाडी हुन् ।
फेडेररले २० र राफेल नाडालले १८ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् । जोकोभिकको यो पाँचौँ विम्बल्डन उपाधि हो । महिलातर्फको उपाधि सिमोना हालेपले जितेकी छिन् । आइतबार विम्बल्डनको टेनिसको उपाधि रक्षा गरेको सर्बियन स्टार नोभाका जोकोभिच सोमबार जारी भएको एटिपी वरीयतामा शीर्ष स्थानमा पुगेका छन् ।
३२ वर्षे नोभाकाले आइतबार मात्र पाँचौंपटक विम्बल्डनको उपाधि उचाल्दा करियरको १६औं ग्रान्डस्लाम आफ्नो बनाउन सफल भएका थिए । उनले पाँचौं सेटमार्पmत आइतबार ग्रान्डस्लाम आफ्नो बनाएका थिए । रोजर फेडेररविरुद्ध ४ घन्टा ५७ मिनेटसम्मको उपाधि भिडन्त गर्दै नोभाकले उपाधि आफ्नो बनाएका हुन् । त्यो उपाधि जितेको एकदिन पछाडि नै नोभाकले विश्व नम्बर एकको वरीयता पनि प्राप्त गरेका छन् । नोभाकले दोस्रो स्थानका स्पेनिस प्रतिद्वन्द्वी रफाइल नाडलसँग करिब ४५०० अंकको अग्रता बनाएका छन् ।
३७ वर्षे स्वीस स्टार फेडेरर भने तेस्रो स्थानमा छन् । यस विम्बल्डनमा सेमिफाइनलसम्म यात्रा बनाएका रोबर्टो बाउटिस्टाले एटिपी वरीयतामा ठूलो छलाङ लगाएका छन् । सेमिफाइनलमा जोकोभिचसँगै स्तब्ध भएका रोबर्टो १३ स्थान सुधार गर्दै १३औं स्थानमा पुगेका छन् । क्वार्टरफाइनलमा जोकोभिचसँग पराजित डेविड गोफिन पनि शीर्ष २० भित्र पर्दा पाँच स्थान सुधार गर्दै १८औं स्थानमा पुगेका छन् । अस्ट्रियाका डोमिनिक थिम चौथो स्थानमा, जर्मनीका युवा स्टार जेरभ पाँचौं र ग्रिसका स्टेफानोस सितसिपास छैटौं स्थानमा पुगेका छन् । महिलातर्पm अस्ट्रेलियाकी अस्लेघ बार्टी शीर्ष स्थानमा पुगेकी छन् । यस विम्बल्डनको प्रिक्वार्टरफाइनलबाटै बाहिरिए पनि सोमबार बार्टी स्थानमा पुगेकी हुन् ।
जापानकी युवा स्टार नाओमी ओसाका दोस्रो स्थानमा रहँदा र चेक रिपब्लिककी कारोलिन प्लिसकोभा तेस्रो स्थानमा रहिन् । शीर्ष तीनै खेलाडी विम्बल्डनको क्वार्टरफाइनलमै पुग्न नसके पनि वरीयतामा खासै असर परेन । शनिबार सेरेना विलिम्सलाई स्तब्ध बनाउँदै उपाधि जितेकी रोमानियाकी सिमोना हालेफले पनि तीन स्थान सुधार गरेकी छन् । सेरेनाविरुद्धको भिडन्तमा ४ घन्टा लगाएर उपाधि हत्याएकी सिमोना चौथो स्थानमा पुगिन् ।
प्रतिक्रिया