विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषणा

एजेन्सी, लन्डन । आइसिसीले ’टिम अफ द टुर्नामेन्ट’ को पनि घोषणा गरेको छ । जसमा इंग्ल्यान्डका खेलाडीले वर्चश्व जमाएका छन् । इंग्ल्यान्डका चारजना खेलाडी टिम अफ् द टुर्नामेन्टमा अटाएका छन् । एकदिवसीय क्रिकेटको महाकुम्भ अर्थात् आइसिसी वल््र्डकप प्रतियोगिताको १२औं संस्करण सकिएको छ ।

निकै रोमाञ्चक फाइनल खेलमा इंग्ल्यान्डले न्यूजिल्यान्डलाई हरायो । इंग्ल्यान्डका बेन स्टोक्स ’म्यान अफ् द म्याच’ घोषित हुँदा न्यूजिल्यान्डको केन विलियमसन ‘प्लेयर अफ् द टुर्नामेन्ट’ घोषित भए । आइसिसी ’टिम अफ् द टुर्नामेन्ट’ को पहिलो र दोस्रो नम्बरमा भारतका ब्याट्सम्यान रोहित शर्मा र इंग्ल्यान्डका ब्याट्सम्यान जेसन रोय अटाएका छन् ।

तेस्रो र चौथो खेलाडीमा क्रमशः न्यूजिल्यान्डका ब्याट्सम्यान केन विलियम्सन (कप्तान) र बंगलादेशका अलराउन्डर शाकिब अल हसन रहेका छन् । पाँचौं र छैटौं स्थानमा इंग्ल्यान्डकै ब्याट्सम्यान जोए रुट र अलराउन्डर बेन स्टोक्स छन् । सातौं नम्बरमा अस्ट्रेलियाका विकेटकिपर एलेक्स क्यारी, आठौं नम्बरमा अस्ट्रेलियाकै तीव्र गतिका बलर मिचेल स्टार्क रहेका छन् ।’

टिम अफ द टुर्नामेन्ट’ को नवौँ नम्बरमा इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चर, १० औँ नम्बरमा न्यूजिल्यान्डका मध्यम गतिका बलर लकी फर्गुसन रहेका छन् । ११औं नम्बरमा भारतका तीव्र गतिका बलर जसप्रिल बुमराह र १२औं नम्बरमा न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट रहेका छन् ।

प्रतिक्रिया