एजेन्सी, फ्रान्स । पूर्व विश्व नम्बर एक सिमोना हालेपले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा सेरेना विलियम्सलाई पराजित गर्दै हालेप च्याम्पियन बनेकी हुन् ।
रोमानियाकी सातौँ वरियता प्राप्त हालेपले अमेरिकाकी सेरेनालाई ६–२ र ६–२ को सेटमा पराजित गरिन् । सेरेनाविरुद्ध जित निकाल्न हालेपले ५६ मिनेटको समय निकालिन । योसँगै हालेपले पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएकी छिन् । हालेप विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनिन् ।
प्रतिक्रिया