काठमाडौं । एसिया हकी फेडेरेसनले आयोजना गर्न लागेको महिला तथा पुरुष इन्डोर एसिया कप २०१९ मा भाग लिनकालागि नेपाली टोली शनिबार थाइल्याण्ड प्रस्थान गर्ने भएको छ। प्रतियोगिता थाइल्याण्डको चोनबुरीमा जुलाइ १५ देखि २१ सम्म हुनेछ । खेलमा ११ वटा पुरुष टीमका र ९ वटा महिला टीमको सहभागीता रहनेछ ।
नेपालकातर्फबाट प्रतियोगितामा १२ महिला र १२ पुरुष खेलाडीले सहभागीता जनाउने छन् भने टोलीमा मनिष झाको नेतृत्व रहने छ। राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष श्री पिताम्बर तिमिल्सिनाले थाईल्याण्ड जाने खेलाडीहरूलाई बिदाई तथा शुभकामना व्यक्त गरेका छन् ।
टोलीमा महिला टोलीका प्रशिक्षक रन्जन झा र पुरुष टोलीका प्रशिक्षक बाबुराम नेपाल पनि रहनेछन् । प्रतियोगिता अवधि ७ दिनमा ६० वटा खेल हुनेछन् । यस पटकको भ्रमणको लागि शिखर इन्सुरेन्स, नेपाल भ्रमण वर्ष २०२०, फ्याक्टस नेपाल र नेपाल खेलकुद परिषद्ले आर्थिक सहयोग गरेका छन् ।
प्रतिक्रिया