हतियार प्रहार गरी जापानी नागरिकको नगद लुटपाट

काठमाडौँ । महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको आज रु २ लाख रकम लुटपाट भएको छ ।

उक्त डेराभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराहरुको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया