सुत्केरीले पोत्साहन रकम पाएनन्

मुगु । जिल्ला अस्पताल मुगु र छायाँनाथ रारा नगरपालिकाभित्र रहेका पाँच वटा वर्थिङ्ग सेन्टरमा प्रसूति गृहमा सुत्केरी भएका महिलाहरूको पोत्साहन रकम अधुरोे आएको छ । यो वर्ष सुत्केरीलाई आधारमानी १६ लाख २६ हजार आउनुपर्नेमा जम्मा ६ लाख मात्र आएको हो ।

आव ०७५-७६ मा जिल्ला अस्पताल मुगुमा २ सय र ३० र छायाँनाथ रारा नगरपालिकाभित्र रहेका पाँच वटा प्रसूति गृहमा १ सय ९८ जना गरी ४ सय २८ जनाले सुत्केरी सेवा लिए पनि रकम अभावमा धरै सुत्केरीले पोत्साहन रकम पाएका छैनन् ।

स्वास्थ्य संस्थामा आई सुत्केरी गराएबापत् तीन हजार यातायात खर्च र नियमित गर्भजाँज गराएबापत आठ सयका दरले पोत्साहन रकम पाउने प्रावधान भएको भए पनि सुत्केरी महिलाले रकम अभावमा पोत्साहन रकम नपाएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

आव ०६६-६७ को साउनदेखि असारसम्म जिल्ला अस्पातलमा २ सय ३० जनाले सुत्करी सेवा लिएका भए पनि केहीले पोत्साहन रकम पाएका र कोही छुटेका जिल्ला अस्पताल मुगका मेडिकल अधिकृत डबलबहादुर मल्लले बताए । उनका अनुसार पोत्साहन रकम ३ लाख ३० हजार मात्र निकासा भई आएको छ । त्यो रकमले जतिलाई पुग्छ त्यतिलाई सुत्केरीलाई पोत्साहन रकम उपलव्ध गराएको छ ।

जिल्ला अस्पताल मुगु र छायाँनाथ रारा नगरपालीकाभित्र रहेका पाँच वटा बर्थिङ सेन्टर ढुग्रेधारा, ढुम, पिना, गुम र बाम प्रसूति गृहमा सुत्केरी भएकाहरूका लागि ६ लाख रकम आएको छायाँनाथ रारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि बुढाले जानकारी दिए । त्यसैमा जिल्ला अस्पतालमा सुत्केरी हुन आउनेलाई ३ लाख ३० हजार र बाँकी २ लाख ७० हजार प्रसूति गृहमा सुत्केरी हुन आउनेलाई पोत्साहन रकम वितरण गरेको उनको भनाइ छ ।

उनका अनुसार एक वर्षमा प्रसूति गृहमा ७१ जना, गुम प्रसूति गृहमा दुई ढुग्रेधारा प्रसूति गृहमा ४८, ढुम प्रसूति गृहमा ४७ र बाम प्रसूति गृहमा ३० जनागरी १ सय ९८ जनाले स्वास्थ्य संस्थामा आई सुत्केरी सेवा लिएका भए पनि ९२ जनाले मात्र सुत्केरी पोत्साहन रकम पाएका र अन्य १ सय ६ जनाले सुत्केरी बापत्को पोत्साहन रकम नपाएको शाखा प्रमुख बुढाले बताए ।

पोत्साहन रकम समयमै माग गर्दा पनि सुनुवाइ नहुने र आए पनि अधुरो रकम आउनुले झमेला हुनुका साथ रकम वितरण समस्या हुने गरेको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

प्रतिक्रिया