हिमालय एअरलाइन्सको ढाका उडान साउन देखि

काठमाडौं । हिमालय एअरलाइन्सले धेरै समय देखि पर्खाइमा रहेको काठमाडौं–ढाका–काठमाडौंको सीधा उडान गर्ने भएको छ । एअरलाइन्सल यही साउन ६ गते देखि सञ्चालनमा ल्याउने घोषणा गरेको हो । कम्पनीले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेका छन ।

व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको छ । नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बांगलादेशी पर्यटकलाई नेपाल सम्मको पहुँच विस्तार यस सञ्जालको मुख्य प्राथमिकता हुने बताइएको छ ।

एअरलाइन्सले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई/आबु धावी, दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बांगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्ने कम्पनीले दावी गरेको छ । एअरलाइन्स्ले एसएयर एयर बीडी लिमिटेडलाई आफ्नो साधारण विक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको छ । जसले बांगलादेशमा यस एअरलाइन्सको प्रतिनिधित्व गरी विक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया