जनसंख्या वृद्धिदर घट्नुका कारण

विश्वको जनसंख्या साँढे ७ अर्बभन्दा बढी पुगेकोे अनुमानगरिएको छ । एक अध्यनकाअनुसार सन् २०१७ अप्रिल २४ तारिखका दिन विश्वको जनसंख्या साढे ७ अरब पुगेको देखाइएको थियो । हाल विश्वको वार्षिक जनसंख्या वृद्धि भने १ दशमलव ११ प्रतिशतका दरले भइरहेको छ । त्यसैगरी, हाम्रो देशको कुरा गर्ने हो भने सरकारको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको एघारौँ राष्ट्रिय जनगणना ०६८ को अन्तिम नतिजा अनुसार नेपालमा पुरुषभन्दा महिला तीन प्रतिशतले बढी छन् । यसरी देशको पछिल्लो जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार पुगेको छ ।

तसर्थ २०५८ को जनगणनाको तुलनामा दशवर्षको अवधिमा ३३ लाख ४३ हजार वृद्धि भएको जनाएको थियो । यसमा महिलाको जनसंख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात कुल जनसंख्याको ५१ दशमलव ५ प्रतिशत पुगेको छ भने पुरुषको संख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात कुल जनसंख्याको ४८ दशमलव ५ प्रतिशतमा झरेको छ । यसलाई संख्यात्मक रूपमा हिसाव गर्ने हो भने पुरुषको दाँजोमा महिलाको झण्डै ८ लाख जनसंख्या बढी देखिन्छ । पछिल्लो जनगणनाले देशको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको देखिएको छ जसलाई प्रतिशतको आधार भन्ने हो भने शून्य दशमलव ९ प्रतिशतविन्दु घटेको हो ।

यसअधि जनसंख्या वृद्धिदर २ दशमलव २५ प्रतिशत रहेको थियो । विगत १०वर्ष अघिको तुलनामा झन्डै १५ प्रतिशतले जनसंख्या बढेको हो । वि.सं. २०५८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार चार सय २३ थियो । जनसंख्या वृद्धिदर दश वर्षअघिको भन्दा शून्य दशमलव नौ प्रतिशत विन्दुले घटेको जानकारी दिएको छ । यो वृद्धिदरले ५२ वर्षमा नेपालको जनसंख्या दोब्बर हुने सम्बन्धीत क्षेत्रले उल्लेख गरेको छ । अघिल्लो जनगणनामा १४ दशमलव २ प्रतिशत देखिएको सहरी जनसंख्या बढेर अहिले १७ दशमलव शून्य ७ प्रतिशत पुग्नुले राम्रो र नराम्रो दुबै संकेत गरेको छ ।

एकातिर माओवादी युद्धका कारण गाउँमा बस्न नसकेर सहर पस्न बाध्य भएकाहरूले यो संख्या बढाउन मद्दत पु¥याएका छन् भने अर्कोतिर आर्थिक हैसियत वृद्धि भएर सहर पस्नेहरू पनि बढेका छन् । गाउँहरू रित्ता हुनु, खेतीपाती गर्ने जनशक्ति पलायन हुनु जस्ता कारण मुलुक कै आर्थिक स्थितिमा असर पु¥याइरहेको छ । यस्तो अवस्थाले भने अर्कोतिर बढ्दो सहरी जनसंख्यालाई भौतिक लगायतका आवश्यकीय सेवा पु¥याउन पर्ने सरकारी दायित्व थपिएको छ । देशभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा यसको असर जनसंख्या वृद्धिदरमा परेको छ । वैदेशिक रोजगारीमा जानेको संख्यामा भएको उच्च वृद्धि र बच्चाको पालन पोषण खर्च बढेपछि जनसंख्या वृद्धिदर कम भएको हो ।

सन्तान उत्पादनका लागि सक्षम हुने उमेरमा युवाहरू विदेसिएकाले जनसंख्या वृद्धि दर कम भएको हो । जनसंख्या वृद्धि सुस्त हुनुमा आर्थिक स्थिति बढ्दो खर्च, सामाजिक संरचना, व्यस्ततालगायत धेरै कुराको असर छ । प्रत्येक चार घरमा एक वा सोभन्दा बढी सदस्यले परिवार छाडेर विदेशमा बसेको पाइएको छ । नेपालमा १३ लाख ५० हजार घरमा कुनै न कुनै सदस्य परिवारसँग बसेको छैन । ०५८ मा ७ लाख ६२ हजार युवाहरू देश वाहिर थिए भने हाल बढेर १९ लाख २२ हजार विदेशमा बस्ने गरेको तथ्यांकले देखाएको छ ।

यसरी विदेशीनेमा ४४ दशमलव ८१ प्रतिशत र १५ देखि २४ वर्ष भित्रका युवा रहेका छन् । यसले सन्तान उत्पादन हुने सम्भावना कम गराउँछ । तथ्यांकले २३ जिल्लामा जनसंख्या घटेको देखिएको छ । दश वर्ष अघिको परिवार संख्या ४२ लाख ५२ हजार दुई सय २० थियो भने हालको गणनाले नेपालको कुल ५४ लाख २३ हजार २ सय ९७ परिवारको बसोवास छ ।

हाम्रो देशको जनसंख्याको कुरा गर्दा पहाड र हिमाली भेगमाभन्दा तराई क्षेत्रमा जनसंख्या वृद्धि बढी भएको देखिन्छ । पछिल्लो जनगणनाले मुलुकमा क्षेत्रगत हिसावमा तराईमा जनसंख्याको अत्याधिक चाप देखिएको छ भने जिल्लागत हिसावले हेर्दा राजधानी काठमाडौंमा जनसंख्याको तीव्र चाप देखिन्छ । कुल जनसंख्यामध्ये तराईको जनसंख्या एक करोड ३३ लाख १८ हजार ७ सय ५ पुगेको छ । यो कुल जनसंख्याको ५० दशमलव २७ प्रतिशत हो ।

त्यसैगरी, सबैभन्दा बढी जनसंख्याको चाप भएको जिल्ला काठमाडौंमा १७ लाख ४४ हजार २ सय ४० पुगेको छ भने त्यस्तै गरी सबैभन्दा कम मनाङ जिल्लाको जनसंख्या ६ हजार ५ सय ३८ रहेको देखिएको छ । यसले तराईमा जनसंख्या व्यवस्थापनको चुनौती थपेको छ । कुन क्षेत्रफलको २३ प्रतिशत ओगट्ने तराईमा कुल जनसंख्यालाई आधार मान्दा सबै भन्दा बढी जनसंख्या भएको कारणले गर्दा तराईको स्रोत साधन, विकास, शिक्षा, स्वास्थ्य जस्ता भौतिक सुविधामा सन्तुलन कायम गर्ने चुनौती थप्न सक्छ भने अर्कोतर्फ तराईका जिल्लामा बढ्दो बसाइँसराइले जनसंख्या व्यवस्थापन जटिल हुन सक्छ ।

अन्त्यमा भन्नुपर्दा विश्वभरिका जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने उद्देश्यले विश्व जनसंख्या दिवस हरेक वर्षको जुलाई ११ मा मनाउन थालिएको हो परिवार नियोजन, व्यक्तिगत सशक्तिकरण र समृद्ध राष्ट्रका लागि भत्रे अर्थ यस बर्षको नारा हो । परिवार नियोजन भत्रे वित्तिकै थोरै सन्तान जन्माउने या जनसंख्या नियन्त्रण मात्र पनि हैन, परिवारको चौतर्फि विकास अनि समृद्धिका लागि सोच्नपर्ने हरेक प्रकारका कुराहरू परिवार नियोजनभित्र रहन्छ भनेर बुझ्न जरूरी छ । अर्कोतर्फ अहिले पनि २ करोडभन्दा धेरै महिलाहरूले गर्भनिरोधक साधनको सुरक्षित प्रयोग नगरेको तथ्याकं पनि छ ।

यस्ता कुराहरूमा हामी सबै अनि सरोकारवालाहरूको ध्यान आज जानु आवश्यक भएको छ । यसरी मानव बस्तीमा थोरै बच्चाहरूको संख्याले समृद्धि जनाउन सक्दैनन तर भएका बच्चाहरूको उचित स्याहार, सुसार, आहार अनि स्वास्थ दिन सक्ने गरि परिवारको योजना गर्नु बुद्धिमत्ता हुन सक्ने कुरामा कसैको पनि दुईमत नहोला । अतः जनसंख्यालाई विश्लेषणात्मक रूपमा केलाउँले हो भने माथिको जनसंख्याको तालिकालाई अवलोकन गर्ने हो भने १९६८ सालबाट देशमा जनसंख्या गणना गर्ने कार्य सुरु भएको १ सय ८ वर्ष भएको छ ।

यो १ शय ८ वर्षको अन्तरालमा सबैभन्दा कम वार्षिक वृद्धिदर वि.सं. १९७७ मा माइन्स शून्य दशमलव १२ प्रतिशत रहेको छ भने सबैभन्दा ठूलो वार्षिक वृद्धिदर भने वि.सं.०३८ सालको जनगणनामा २ दशमलव ६२ प्रतिशतले जनसंख्या बढी भएको तालिकामा उल्लेख गरिएको छ । यसर्थ १९६८ तुलनामा जनसंख्या १९७७ र १९८७ माक्रमशः ६४ हजार ९ सय ६१ र एक लाख ६ हजार १ सय ७५ ले जनसंख्या घटेको छ भने वि.सं. १९९८, २००९÷११, २०१८, २०२८, २०३८, २०४८, २०५८ र २०६८ मा भने क्रमशः ६४४९००, २६१७८७६, ९४१२९९६, ११५५५९८३, १५०२२८३९, १८४९१०९७, १७५१२६७४ र २०८५५७५५ जनसंख्या भएको छ । त्यस्तै गरी प्रतिशतको आधारमा अध्ययन गर्ने हो भने १९६८ को तुलनामा १९७७ र १९८७ मा –१.१५ र १.८८ प्रतिशतले घटेको थियो भने १९९८, २००९÷११, २०१८, २०२८, २०३८, २०४८, २०५८ र २०६८ मा भने क्रमशः ११.४४, ४६.४३, ६६.९३, १०४.९४, १६६.४२, २२७.९३, ३१०.५८ र ३६९.८६ प्रतिशतले जनसंख्या वृद्धि भएको प्रस्तुत माथिको तालिकाबाट स्पष्ट हुन्छ ।

अतः हिमाली क्षेत्रमा जनसंख्या निकै पातलीएको छ भने तराई भेकमा भने बाक्लिएको छ । त्यस्तै गरी राजधानीको जनसंख्या बस्ती भने दिन दुई गुना रात चार गुणाले घना हुन पुगेको छ । गरिबी र पछौटेपनको कारक जनसंख्या वृद्धिदर हो भन्ने हाम्रा नीतिनिर्माताहरूको ठम्माइ रहँदै आएको छ । राष्ट्रिय जनगणना भनेको कुनै पनि मुलुक चियाउने आँखी झ्याँल हो । विकास, राजनीतिक, जातजाति, धर्म, भाषा, लैंगिक अवस्थालगायत थुप्रै सामाजिक पक्ष जनगणनामार्फत उद्घाटित हुन्छन् । सानो र विकासोन्मुख मुलुकमा देखिएको घट्दो जनसंख्या वृद्धिदरलाई राम्रो मान्न सकिन्छ ।

केही वर्ष अघिसम्म जनसंख्या वृद्धिले विकराल रूप लिने लक्षण देखिएकामा अहिले यो मत्थर भएकाले खुसी कै विषय मान्नु पर्छ । यसले एकातिर नेपालीहरूको चेतनाको स्तर वृद्धि भएको मान्न सकिन्छ भने अर्कोतिर कठिन जीवन चर्याका कारण बोझ घटाउने उद्देश्यले पनि उनीहरू सन्तानोत्पादनलाई आकर्षित नभएको अर्थ लगाउन सकिन्छ । जेसुकै अर्थ लगाए पनि यो नेपाल र नेपालीका लागि भने सुखद् समाचार नै मान्नु पर्छ ।

प्रतिक्रिया