काठमाडौं । प्रभु बैंक लिमिटेडले हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका खार्पुनाथ गाउँपालिका स्थित ५ खार्पुनाथमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको एक समारोहका विच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथी रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी ब्यक्त गरे ।
खार्पुनाथ शाखा कार्यालयबाट सो क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुनेछन । बैंकिङ पहुँचभन्दा बाहिर रहेका उक्त क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन अध्यक्ष रावलले आग्रह गरे ।
खार्पुनाथ शाखा कार्यालय उद्घाटन कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ, हुम्लाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । खार्पुनाथ शाखा समेत गरी बैंकले हालसम्म १ सय ८७ वटा शाखा, १ सय ५० वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।
प्रतिक्रिया