मुगु । छिमेकी जिल्ला बाजुराबाट दुई जना विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । मुगु कार्य क्षेत्र मुगुमै घर भएका विप्लव समूहका दुई जना कार्यकर्ता बाजुराको हिमाली गाउँपालिका धुलाचौरबाट प्रक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
उनका अनुसार सोमबार बिहान इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी नायव निरीक्षक शेरबहादुर कुँँवरको नेतृत्वमा खटिएको टोलीले बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको धुलाचौरबाट विप्लव समूहका कार्यकर्ता पक्राउ गरेको बताए ।
पक्राउपर्नेमा मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका–८ का बाँचे दमाई र नन्दवीर ढोली रहको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पक्राउ परेका दुबैजना हिमाली गाउँपालिका–६ धुलाचौरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ ।
पक्राउ परेका विप्लव समूहका दुई जना कार्यकर्तालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मुगुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मुगुका विप्लव समूहका कार्यकर्ता बाजुराबाट पक्राउ परेका र बाटोमा ल्याउँदै गरेकाले थप अनुसन्धान पछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यलय मगुका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
प्रतिक्रिया