एजेन्सी, फ्रान्स । फिफा महिला विश्वकपको उपाधि अमेरिकाले जितेको छ । फाइनलमा नेदरल्यान्ड्सलाई हराउँदै अमेरिकाले लगातार दोस्रोपटक विश्वकपको उपाधि जितेको हो । अमेरिकाको समग्रमा यो चौथो उपाधि हो । यसअघि सन् २०१५ मा भएको संस्करणमा अमेरिकाले जापानलाई हराउँदै उपाधि जितेको थियो । सन् १९९१ मा चीनमा भएको पहिलो संस्करणको उपाधि अमेरिकाले जितेको थियो । त्यसपछि अमेरिकाले १९९९ संस्करणको उपाधि जितेको थियो ।
अमेरिकालाई चौथो उपाधि जिताउनका लागि मेगान रापिनोई र रोज लाभेलेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित स्थितीमा सकिएको खेलको ६१औं मिनेटमा अमेरिकाले पेनाल्टी पायो । यो पेनाल्टीलाई रापिनोईले गोलमा परिणत गर्दै अमेरिकालाई अग्रता दिलाइन् । त्यसको आठ मिनेटपछि लेभेल्लेले गोल गर्दै अमेरिकालाई २–० को अग्रता दिलाइन् । बाँकी समयमा नेदरल्यान्ड खेलमा फर्किन नसकेपछि अमेरिका च्याम्पियन बनेको हो ।
प्रतिक्रिया